फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्दै निगमको १ सय ५८ सिटे न्यारोबडी

काठमाडौं । आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।

निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।

असोज ११ गतेको भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए ।