६ जना पक्राउ : अवैध लागूऔषधसहित विभिन्न स्थानबाट

वीरगंज महानगरपालिका-१४ गण्डक चेकपोष्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ५० ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१० बिशाल टोल बस्ने २७ वर्षीय समिर तमाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ००३५ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।