तातोपानी जाने सडक लार्चामा ह्युमपाइप राखेर सडक खुलाइयो

रसुवा । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध भएको अरनिको राजमार्गको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।भोटेकोशी नदीमा जलसतह घटेसँगै ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको सांसद मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी रहेको छ ।

लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको बताइएको छ ।