बडा दशैको चौथो दिन आज दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी चतुर्थी पर्व मनाईँदै

काठमाडाैँ आज नेपालीहरुको महान् चाँड बडा दशैको चौथो दिन आजको  हिन्दूधर्मालम्बीहरूले कुष्माण्डाको पूजा गर्दैछन्। देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ। नवरात्रिको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी चतुर्थी पर्व मनाईँदै  छ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै

सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ।
 विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ। आश्विन शुक्ल पक्षको दशमी यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ। यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो। 

वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ। नयाँ कपडाहरू लगाउने, मिठो खाना खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।