दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त

काठमाडौँ दिवाकर भट्टराईको निर्देशन रहने फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त गरिएको छ । 

बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको शुभ मुहूर्तमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएको कार्यक्रममा वितरक करण श्रेष्ठले मुहूर्त सटको निर्देशन गरेका थिए । यसै फिल्मबाट अभिनेता राजेश ८ वर्षपछि फिल्ममा कमब्याक गर्दै छन् ।

आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारको अभिनय रहनेछ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रूपमा निर्माण गर्दैछन् । फिल्मको एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच  इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्नेछ ।

स्त्री-२ ५०० करोड क्लबमा