लागु औषधसहित दुईजनालाई पक्राउ

काठमाडौँ  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना छन् । 

आरोपीहरूको सागबाट १ ग्राम ७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाल आयल निगममा कर्मचारी माग