सरकारको न्यूनतम साझा कार्यक्रम पारित

काठमाडौँ सरकारको न्यूनतम साझा कार्यक्रम मन्त्रीपरिषद‍्बाट पारित भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको सरकारको न्यूनतम साझा कार्यक्रम पारित गरेको हो ।  

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताए ।  उनले बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको पनि बताए ।  

यसअघि बुधबार नै सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुझाएको थियो ।