प्रधान सेनापति सिग्देल र श्रीलंकाका राजदूत पाथिरानाबिच भेटवार्ता

काठमाडौँ  प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्सल सुदर्शन पाथिरानाबिच भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा उनीहरूबिच  शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । दुई देशबिच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।