हुम्लाबाहेक ७६ जिल्लामा फैलियो डेंगु

काठमाडौँ नेपालका दश जिल्लामा डेंगुको जोखिम अत्यधिक देखिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार सबै भन्दा बढी तनहुँ जिल्लामा १४ सय ३५ जनामा डेंगु संक्रमण भेटिएको छ ।

यस्तै, कास्कीमा १३ सय १८ जनामा, पर्वतमा ८ सय ८० जनामा डेंगु संक्रमण देखिएको ईडीसीडीले जनाएको छ । यस्तै, काठमाडौँका ८ सय ७१ जनालाई डेंगु देखिएको छ भने, चितवनका ६ सय २८ जनालाई डेंगु देखिएको छ । यस्तै, गोरखाका ३ सय २७ जना, ललितपुरका २१६ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, झापाका १ सय ८९ जना, कैलालीका १ सय ८० र स्याङ्जामा १ सय ६८ जनालाई डेंगु संक्रमण भएको ईडीसीडीको तथ्यांक छ ।

देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्यांक माघ दोस्रो सातायताको हो ।