यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

काठमाडौँ कालीमाटी होलसेल बजारमा आलु केही महँगिएको छ । अघिल्लो दिन रातो आलु प्रतिकिलो अधिकतम ७० रुपैयाँ रहेकोमा बुधबार ७५ रुपैयाँ पुगेको छ ।

भारतीय रातो आलु र मुडेको रातो आलु पनि महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन भारतीय आलु अधिकतम प्रतिकिलो ५५ रुपैयाँ रहेकोमा आज ५८ रुपैयाँ पुगेको छ भने मुडे रातो आलु ६० बाट ६२ पुगेको छ ।

प्याजको भाउ स्थिर, प्रतिकिलो ११५ रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा परवर र घिरौंला केही महँगिएको छ । यस दिन परवर प्रतिकिलो ६०, घिरौंला ६० रुपैयाँ किलो छ । त्यस्तै लौका अधिकतम प्रतिकिलो ५०, तिते करेला ६०, चिचिन्डो ३०, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४०, तने बोडी ६०, भिण्डी ४०, इस्कुस ३० रुपैयाँ छ ।