दसैँमा जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने

काठमाडौँ सरकारले यो वर्षको दसैँमा जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने भएको छ । 

दसैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाको अघिल्लो दिनसम्म  खसीबोका तथा च्याङ्ग्रा ल्याइसक्ने कम्पनीले जनाएको छ । अहिले खरिद प्रक्रिया सुरु भएको छ । 

यस्तै गत वर्षको तुलनामा यो वर्ष च्याङ्ग्राको मूल्य बढ्न सक्ने छ । गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो ।

उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको
थियो । गएको दसैँमा खसी प्रतिकिलो ६७० तोकिएकोमा २० रुपैयाँ सहुलियत दिँदै ६५० र च्याङग्रा प्रतिकिलो १२५० बाट प्रतिकिलो १२२५ रुपैयाँ कायम गरेको थियो ।