बसन्तपुरबाट पक्राउ परेका बालेन शाहका समर्थकलाई रिहा गरिँदै

काठमाडौँ  बसन्तपुरबाट पक्राउ परेका बालेन शाहका समर्थकलाई रिहा गरिँदै छ । इन्द्रजात्रामा काठमाडौँका मेयर बालेन शाहको समर्थनमा ‘बालेन सिटी’ लेखेको टिसर्ट लगाएका उनीहरूसँग स्थानीयले विवाद गरेका हुन् । 

विवाद सुरु भएपछि उनीहरूलाई आक्रमण हुनबाट जोगाउन प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको उपत्यका प्रहरी कार्यालयका एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘उनीहरूलाई रिहा गर्नेबारे काठमाडौँका एसएसपीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर निर्णय लिन्छन् ।’ 

इन्द्रजात्रा समारोह स्थलबाट नियन्त्रणमा लिइएका १४ जनालाई प्रहरीले ‘जिम्मा जामानी’मा रिहा गर्ने भएको छ । एआईजी बज्राचार्य भन्छिन्, ‘प्रक्रिया पुरा गरेर रिहा गर्छौं ।’