मेटमणिलाई कारबाही गर्न झलनाथको माग

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै खनालले चौधरीलाई कारबाही गर्न माग गरेका हुन् । 

चौधरीले सञ्चारमाध्याममा राष्ट्रियताविरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाही गर्न खनालले माग गरेका छन् । चौधरीले कालापानी, लिम्पियाधुरा लिपुलेक भारतकै भएको र सरकारले चुचे नक्सा निकालेर भ्रम छर्ने काम गरेको एक अन्तरवार्ताका क्रममा भनेका थिए । खनालले उनको यो अभिव्यक्ति देशद्रोही अभिव्यक्ति भएको समेत बताएका छन् ।