ट्रकले  मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु

काठमाडौं पश्चिम नवलपरासीको रामग्राममा ट्रकले  मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु भएको छ । जिल्लाको  रामग्राम नगरपालिका– ४ स्थित हुलाकी सडक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले विपरीत दिशातर्फ बाट आउँदै गरेको लु. प्र.०१.००२ प २०५४ मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक  रामग्राम नगरपालिका–९ बस्ने  ३७ वर्षीय प्रेम ढांडीको मृत्यु भएको हो । घाइते  ढांडीको  जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।