लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले दिईन् राजीनामा

काठमाडौँ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।

संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन् । गिरीलाई संसदीय दलले २०७९ साल चैत २९ गते सचेतकको जिम्मेवारी दिएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गरिन् ।  

Messenger_creation_C28760BA-2FBA-4CD8-B50E-20F1F1CE4E56