विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडाैं नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युएई दिरामको मूल्य स्थिर रहेको छ । 

आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ रुपियाँ र बिक्री दर १३४.५३ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन पनि सोही दरमा कारोबार भएको थियो ।  त्यस्तै, हिजो यूएई दिराम १ को खरिद मूल्य ३६.४६ रुपियाँ र बिक्री ३६.६३ रुपियाँ रहेको थियो । सोमबारका लागि पनि सोही दर यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । 

आज अमेरिकी डलर र यूएई दिरामसहित चिनियाँ युआन, साउदी रियाल, मलेसियन रिंगिट र हङकङ डलरको सटही दर आइतबारको तुलनामा स्थिर रहेको छ ।