विष्णुमती र धोबिखोलामा जलसतह सतर्कता तह पार गरेकोले सतर्कता अपनाउन अनुरोध

काठमाडौँ काठमाडौँको विष्णुमती र धोबिखोलामा जलसतह सतर्कता तह पार गरेकोले सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ । आइतबार साँझ जल तथा मौसम विज्ञान विभागले सो अनुरोध गरेको हो । 

विभागले आइतबार राति ८ः३० बजे काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्र र धोबिखोला कपन जल मापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तटीय क्षेत्रमा र सो नजिकको सडक भई यात्रा गर्ने र रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।