सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्न नहुने : पूर्व अर्थमन्त्री पुन

काठमाडौं  पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्न नहुने बताएका छन् । खासगरी बुकबिल्डिङ प्रणालीबाट सेयर निष्काशन तथा बिक्री गर्दा कम्पनीहरुले आस्तविक मूल्य भन्दा बढी मूल्य राखेर लगानीकर्ताहरुलाई फसाउने चलखेल हुन थालेको गुनासो बढिरहेका बेला यस कार्यलाई नियामकले नियन्त्रण गर्नुपर्ने उनले धारणा राखे । 

आइतबार अर्थ समितिमा धितोपत्र बजार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले बजारमा सबै खाले लगानीकर्ताहरुको संरक्षण गर्ने जिम्मेवारी नियामकको रहेको उनले तर्क गरे ।  ‘धितोपत्र बजारमा कोही पनि लगानी फस्नु हुँदैन र लगानी डुबाउनु हुँदैन’ पूर्व मन्त्री पुनले भने, ‘सेयर बजारमा समान ग्राण्ड बनाउने भूमिका नियामकको हो ।’  पछिल्लो समय धितोपत्र बजारमा बुकबिल्डिङ प्रणालीको नाममा आवस्तविक मूल्य भन्दा बढी मूल्य राखेर सेयर बिक्री गर्न थालिएको भन्ने गुनासाका बीच नियामक धितोपत्र बोर्डले निकै चनाखो भएर निगरानी गर्नुपर्ने पूर्वमन्त्री पुनले बताए ।


यस्तै समायमा नै धितोपत्र बोर्डले नेतृत्व पाउन नसक्दा अर्बौको सेयर निष्काशन रोकिन पुगेको भन्दै यसको सहजीकरणका लागि सरकारले छिटो भन्दा छिटो अध्यक्ष नियुक्ति गर्नुपर्ने समेत उनले बताए । यता धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष महेश बरालले रोकिएका सेयर निष्काशन तथा अनुमति छिटो भन्दा छिटो खुलाउने प्रतिवद्धता जनाए ।