नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु

काठमाडौँ नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो । हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको गौतमले बताए । ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ ।’डा. गौतमका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । सोमध्ये ७ जनाको मृत्यु भएको थियो । यो वर्ष ६१ जनामध्ये १४ जनाको मृत्यु भएको छ ।

जापानीज इन्सेफलाइटिस तराई क्षेत्रमा बढी देखिएको डा। गौतमले बताए ।  उनका अनुसार कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी,  झापा जिल्ला लगायत रहेका छन् । प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेको  बताए ।

नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरू बर्सेनि अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ । यसपछि सङ्क्रमण घट्दै जाने डा। गौतमले बताए ।