नेपाल आयल निगममा कर्मचारी माग

काठमाडौँ नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो् । 


खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ ।