सीटीईभीटिबारे कुनै गुनासो भए जानकारी गराउनुहोस : शिक्षामन्त्री

काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी हुन् ।

सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको गुनासो आउने गरेका छन् । 

त्यस्तै काममा ढिलाइ गरेको र लेनदेनसमेत गर्ने गरेको गुनासा आएको भन्दै यदि कोहीकसैबाट यस्तो भएको भए स–प्रमाण मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेकी हुन् ।

उनले आफ्नो सचिवालयको इमेल ठेगाना [email protected] वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी समेत आग्रह गरेकी हुन् ।