यातायात व्यवस्था कार्यालयबाट ३५ हजार जनाले स्मार्ट लाइसेन्स लिन बाकि

काठमाडौँ यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट ३५ हजार जनाले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्राप्त गर्न सकेका छैनन्।  सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि यहाँ नयाँ अनुमतिपत्र, नवीकरण तथा प्रतिलिपिका लागि निवेदन दिएकाहरूले स्मार्ट लाइसेन्स छापेर नआउँदा यस्तो समस्या भोग्नुपरेको हो।

विगत अढाइ वर्षदेखि अनुमतिपत्र उपलब्ध गराउन नसकिएको  कार्यालयको प्रशासन शाखाले जनाएको छ। यहाँ अनुमतिपत्रका लागि वार्षिक १० हजार व्यक्ति थपिइरहेका छन्। चालकले  कार्यालयबाट काटेको रसिद तथा अन्य प्रमाणको आधारमा सवारीसाधन चलाइरहेका छन्।प्राप्त विवरणअनुसार चालक अनुमतिपत्रलगायत विभिन्न शीर्षकबाट कायालयले गत आर्थिक वर्ष २०८०र८१ मा  रु ६३  करोड १५ लाख ३२ हजार राजस्व सङ्कलन भएको जनाइएको छ।