देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार नाघ्यो

काठमाडौँ देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । सो संख्या माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सङ्क्रमितको हो ।

ईडीसीडीका अनुसार ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा डेंगु फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार ८६३ जना गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा २ हजार ७४ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ९४४ जना, मधेसमा १४० जना सङ्क्रमित रहेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ५५६ जना, कर्णालीमा ११८ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४६४जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।