गाम्चाबाट हराएकी महिला जंगलमा मृत फेला

काठमाडौँ भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी महिला जंगलमा मृत भेटिएकी छन् । गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल भक्तपुरको चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको  छ ।