सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् । बुधबार पार्टी मुख्यालय च्यासलमा पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए । 

प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको विश्वास बढ्दै गएको भन्दै त्यसलाई अझै उचाइमा पुर्याउन सरकार लागिपर्ने बताएको  गौतमले जानकारी दिए ।