सवारी ज्यान मुद्दामा फरार  ५४ वर्षीय लक्ष्मण पक्राउ

काठमाडौँ  सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ घर भएका ५४ वर्षीय लक्ष्मण श्रेष्ठ छन् ।

२०७२ साउनमा उच्च अदालत पाटनले उनलाई ३ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । 

उनलाई बालकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपीले बताए ।