आइ केयर सेन्टरमा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौँ कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौँस्थित काठमाडौँ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउँने भएका छन् ।

सम्झौता अनुसार काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्शरजाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन् ।यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । 

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च