अर्थ मन्त्रालयका १९ उपसचिवहरू सरुवा

काठमाडौँ अर्थ मन्त्रालयका १९ उपसचिवहरू सरुवा भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय पठाइएको छ । यता, राम प्रसाद पाठकलाई वीरगन्ज भन्सार कार्यालय वीरगन्ज, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय बाँके, राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय, रुपन्देही र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय महोत्तरी पठाइएको छ ।

कृष्णनगर भन्सार कार्यालय, कपिलबस्तुमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।