पत्रकार महासंघको सबै तहको निर्वाचन एकैसाथ हुदैँ

काठमाडौँ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् । 

महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाई हुन पुगेको पोख्रेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्ने उनको भनाइ छ । उनले महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।