गायिका समीक्षा अधिकारीको गीत ‘के हेरेको टुलुटुलु’ सार्वजनिक

काठमाडौं गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलुटुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज छ । 
गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ ।