बागमतीका मुख्यमन्त्रीले प्राप्त गरे विश्वासको मत
काठमाडौँ बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका छन् । उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदले पक्षमा मत दिएका हुन् । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका ३५ जना सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसैगरी तीन मत तटस्थमा परेको छ । आजको प्रदेश सभा बैठकमा एक सय तीन जना सांसद उपस्थित थिए ।एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा यही साउन ८ गते बाग्मती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्