६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

काठमाडौँ ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।