महोत्तरीमा पर्यटन पत्रकारिता पुरस्कारको घोषणा

बिशाल बस्नेत/न्युज कारखाना 

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मंगलवार  पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

पर्यटन बर्षको अवसर पारेर प्रदान गर्ने  उक्त पुरस्कार मुल्यांकनको आधारमा ३ जनालाई प्रदान गरिनेछ ।

जनही १५ हजारका दरले नगद  पुरस्कार समेत प्रदान गरिने उक्त पुरुस्कारको राशी ४५ हजार राखिएको छ । देशको आर्थिक समृद्वीको मुख्य आधार पर्यटन नै भएको वताउदै यस्को लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने र प्रोत्साहनको जरुरी भएको महसुस भएअनुसार  पुरस्कार घोषणा गरेको संघका अध्यक्ष गुन्ज बहादुर कार्कीले जानकारी दिए ।

पुरस्कारको लागि छनोट कार्यविधि समेत वनाईएको छ । पर्यटन बर्षको निर्धारित मिति भन्दा १ महिना अगाडी नै छनोट प्रक्रियाका मापदण्ड सार्वजनिक गर्ने र सोहीअनुसार पत्रकारहरुलाई पुरस्कारको लागि आव्हान गर्ने संघले जनाएको छ ।

मोफसलमा बसेर पत्रकारिता गर्नेहरुको लागि मधेशमा नै एउटा विशिष्ट उदेश्य वोकेको संस्थाले पुरस्कारको घोषणा गर्नु आफैमा नौलो वनेको छ । मधेश प्रदेशमा पहिलोपटक महोत्तरीमा घोषणा भएको यस्तो पुरस्कार अन्य जिल्लाहरुमा समेत बिस्तार गर्नुपर्ने सरोकारवालाहरुले प्रतिक्रिया दिए ।

संस्कृति तथा शिक्षा राज्यमन्त्री सारदादेवी थापाले पर्यटन क्षेत्रमा कलम चलाउनेहरुका लागि यो पुरस्कारले थप उत्साहित वनाउने वाताईन । 'यो वास्तवमा निक्कै राम्रो काम भएको छ यसवाट पर्यटन पर्वद्वनमा ठुलो योगदान पुग्ने देखिन्छ ।' राज्यमन्त्री थापाले भनिन ।