लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

काठमाडौँ लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

अल्पमतमा परेर मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।  प्रदेश प्रमुखको कार्यालय, बुटवलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा साउन ७ गते सोमबार बेलुका साढे ८ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ ।

केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर अब नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।