फिल्म 'खुस्मा' को पहिलो गीत सार्वजनिक

काठमाडौँ फिल्म 'खुस्मा'को पहिलो गीत ‘खुसीका पल बटुलेर’ रिलिज भएको छ । एसडी योगीको संगीतमा तयार भएको प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर छ । गीत राम अविरल विष्टले लेखेका हुन् ।

गीतमा फिल्मका शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरू कैद गरिएको छ। यस्तै गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् । अशोक थापामगर फिल्मका लेखक(निर्देशक हुन् । यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेका थापाको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू फिल्म हो । असोज ३ गते रिलिज हुनेछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर हुन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन रहेको छ ।

धिरज र उपासनाका अलावा, फिल्ममा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।