वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौँ वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।  ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेका गायक ओड चाहिँ अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।